सी चिनफिङको नेपाल भ्रमणको मिति तय, असोज २५ गते नेपाल आउँने
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय भएको छ । दुई दिने भ्रमणका सी असोज २५ गते नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सीको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले आज दिउँसो ३ बजे ुफूल रिहर्सलु गर्ने भएका छन् ।
गृहमन्त्रालय स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ुफूल कार्गेड रिहर्सलु गर्न लागेका छन्।
