अख्तियारले समायो १ लाख घुससहित पूर्व कर्मचारी

तु खबर संवाददाता
२०७६ भाद्र १६, सोमबार १९:२५
file-photo

बारा, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट गएको टोलीले बाराले मालपोत कार्यालय बाराका एक जना पूर्व कर्मचारीलाई घुस रकमसहित सोमबार पक्राउ गरेको छ ।

सो कार्यालयका मुद्दा फाँटका पूर्व करार कर्मचारी हरिमोहन सिंह क्षेत्रीले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको हो । घुस रकम मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*