भारतीय प्रधानमन्त्री मोदी चारदिने नेपाल भ्रमणमा आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् ।
भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।
गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिएका थिए ।
गत जेठ १६ गते भएको मोदीको सपथग्रहणमा सहभागि भएका ओलीले समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दिएका थिए।
