गुठी संस्थानको चलअचल सम्पतिको विवरण माग

तु खबर संवाददाता
२०७६ श्रावण ६, सोमबार ०९:०२

गुठी आन्दोलनको नेतृत्व गर्दै आएको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानअन्तर्गत रहेका सम्पतिको विवरण, हालसम्मको कार्य विवरण, सम्पत्तिको अवस्थालगायतको विवरण माग गर्दै संस्थानमा निवेदन दर्ता गराएको छ ।

संघर्ष समितिले सूचनाको हक प्रयोग गर्दै अध्ययन प्रयोजनको लागि आवश्यक विभिन्न सूचना १७ बुँदामा समेटेर माग गरेको हो ।

संघर्ष समितिले आइतबार गुठी संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पुगी सूचनाको हकअन्तर्गत सूचना माग गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

पत्रमा गुठी संस्थानमा २०२९ सालमा रहेको राजगुठी र छुटगुठीको जग्गाको कित्ता नम्बरसहितका जग्गाका अवस्थाको सूचना विवरण उपलब्ध गराइदिन, संस्थान स्थापनादेखि हासम्ममा गुठीका सम्पत्ति बढेको वा घटेको तथा कस्तो अवस्थामा रहेका, जात्रा पर्व सञ्चालनका लागि कति छन् भन्ने सम्बन्धमा सूचना माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*