बलिउड नायिकाले लगाइन् आफ्नै प्रेमीमाथि बलात्कारको आरोप
मुम्बईकी एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाएकी छिन् । नायिकाले यो मामलामा प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् ।
भारतीय समाचार एजेन्सीका अनुसार नायिकाले आफ्ना प्रेमीले उनको शोषण र बलात्कार गर्ने आरोप लगाएकी छिन् ।
मिडिया रिपोर्टमा नायिकाको नाम गोप्य राखिएको छ भने उनका प्रेमीको नाम पनि सार्वजनिक गरिएको छैन । यसबारे पुलिसले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
