मन्त्री यादव किन आउँदैछन् हेटौंडा ?
मकवानपुर । उद्योगमन्त्री मातृका प्रसाद यादव आज हेटौंडा आउने भएका छन् । हेटौंडा – ९ मा बनेको क्यालिव्रशन टावर आज उद्घाटन गर्न मन्त्री यादव आउने भएका हुन् ।
तेल ट्याङ्करहरुको तेल नाप्न बनाइएको क्यालिव्रशन टावरको उद्घाटन गर्न मन्त्री यादव आउन लागेको व्यवसायी उत्सव इटेनीले जानकारी दिएका छन् ।
नाप तौल विभागले निर्माण गरेको सो टावरको आजबाट उद्घाटन हुनेछ ।
व्यवसायी इटेनीका अनुसार, नेपालमै यो टावर पहिलो हो । पहिले भारतमा मात्र क्यालिव्रेशन हुने गरेकोमा अब नेपालमा हेटौंडामा नापजाँच हुनेछ ।
