लिबियामा भएको हवाइ आक्रमणमा परी श्रेष्ठको मृत्यु
लिबियाको राजधानी त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा बुधबार भएको हवाइ आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ ।
इजिप्टको कायरोस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा ४३ जना मारिएको छ । जसमध्ये नेपालका सन्तोष श्रेष्ठको पनि मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टी गरेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार आठ जना नेपालीलाई लिबियाबाट उद्धार गरेर टर्की हुँदै नेपाल पठाइएको छ ।
थप ६ जना नेपाली त्रिपोलीको आप्रवासी संगठनको क्याम्पमा छन् । जतिसक्दो चाँडो उनीहरूलाई नेपाल पठाउने प्रयास गरिरहेका छौं,ु दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दूतावासका अनुसार गत दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइएको छ ।
