बर्डफ्लु नियन्त्रणमा आएपछि प्रजिअ तामाङले भने – निर्धक्क कुखुराको मासु र अण्डा खानुहोस्

तु खबर संवाददाता
२०७६ असार ११, बुधबार २०:२८
Featured Video Play Icon

मकवानपुर ११ असार । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले  मकवानपुर बर्ड फ्लु मुक्त जिल्ला भएको बताएका छन् ।

आज तु खबरसंग कुराकानी गर्दै जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजक समेत रहेका तामाङले  अब मकवानपुरमा बर्ड फ्लु नभएको दावी गरे ।

उनले भने ‘ बर्ड फ्लुको खतरा अब केही छैन, कुखुराको मासु र अण्डा ढुक्क भएर खाँदा हुन्छ । ’ त्यसैगरी पशु चिकित्सक डा ध्रुव डीसीले पनि कुखुराको मासु र अण्डा ढुक्क भएर खान सकिने अवस्था रहेको बताए ।

यसअघि मकवानपुरका किसानको खोरका कुखुरामा बर्ड फ्लु देखिएपछि आम उपभोत्तालाई कुखुराको मासु खान हुने वा नहुने भन्ने अन्यौलता रहेको थियो ।

बर्ड फ्लु मुक्त भएकोले किसानलाई खोर सफा गरी नयाँ कुखुरा हाल्न समेत अनुमति दिईएको छ ।

हेर्नुहोस् भिडियो – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*