भाजपा सांसद स्मृति इरानीका निकट सुरेन्द्र सिंहको गोली हानी हत्या

तु खबर संवाददाता
२०७६ जेष्ठ १२, आईतवार ११:२३
file photo

भारतीय लोकसभा चुनावको पूर्ण नतिजा आइसकेको छ तर विभिन्न स्थानमा राजनीतिक वैमनस्यताको विषयमा मानिसहरुबीच तनाव जारी छ । ताजा मामला उत्तर प्रदेशको अमेठीबाट आएको छ । यहाँ अमेठीबाट भारतीय जनता पार्टी ९भाजपा० सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाली हानी हत्या गरिएको छ । उनको लखनउको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

मिडिया रिपोर्ट अनुसार भाजपा निकट र अमेठीको ग्राम विरौलियाका पूर्व ग्राम प्रधान सुरेन्द्र सिंहको गोली हानी हत्या गरिएको हो । भारतीय समाचार माध्यमका अनुसार हत्यापछि इलाकामा तनाव व्याप्त छ जहाँ कांग्रेस र भाजपा निकट मानिसहरु आमने–सामने भए ।

यस विषयमा कांग्रेस र भाजपाका मानिसबीच झडप पनि भयो जसका कारण त्यहाँ तनाव छ ।

पुलिस अधिकारी दयारामले बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहलाई शनिबार राती करिब साढे ११ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको छ । उनलाई गम्भीर अवस्थामा उपचारका लागि लखनउ पठाइयो जहाँ उनको मृत्यु भयो । उनका अनुसार यो मामलामा दुईजनालाई हिरासतमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*