सावधान ! खोलामा माछा मार्न जाँदा पर्नुहोला प्रहरी खोरमा

तु खबर संवाददाता
२०७६ जेष्ठ ६, सोमबार ०७:२८
तस्बिर : सन्देश थिग । तु खबर

मकवानपुर, ६ जेठ । स्थानीय माछाको संरक्षणमा अब भने प्रहरी सक्रिय बन्न थालेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोलामा करेन्ट लगाई जाल समेत प्रयोग गरी माछा मारिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरी जरिवाना समेत तिराएको समाचार आजको हेटौंडा सन्देशले लेखेको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलचर संरक्षण ऐन २०१७ बमोजिम जनही ५ हजार जरिवाना लिई छाडिएको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ लेवट राप्तीखोलामा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा हेटौंडा–१२ बस्ने मनिराज गोङ्वा, वर्ष १८ का सागर बम्जन र वर्ष १९ का शरणकुमार ब्लोनलाई पक्राउ गरेको हो ।

उनीहरुबाट ब्याट्री एकथान, करेन्ट लगाउन प्रयोग गरिने मेसिन एकथाान, झुल एकथान र माछा २ केजीसहित पक्राउ गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*