जब थाहै नदिई भत्काइयो घर, स्थानीय आक्रोशित

रामेछाप (मन्थली )– मन्थली नगरपालिकाका स्थानीयले नगरपालिकाले सडक बिस्तार गर्दा सूचना बिना नै डोजर लगाएर घर भत्काएको आरोप लगाएका छन् । नगरपालिकाले मापदण्ड बमोजिम सडक बिस्तार गर्नु ठिक भए पनि सडक बिस्तार र ब्यक्तिको घर भत्काउदा आफूहरुलाई थाहा नै नदिई एक लौटी ढंगले घर भत्काएर घर भित्र भएका सामाग्री समेत निकाल्न नपाएको भन्दै मन्थली–१ खाँदबारी चोकका विश्वास श्रेष्ठले आक्रोश व्यक्त गरे ।
शुक्रबार पत्रकार सम्मेलन गरी पीडित श्रेष्ठले आफू नगर प्रमुखसँग बुझ्न जाँदा यो नगरको अधिकार भित्र नपर्ने भनेर जबाफ दिएको तर आफू काम विशेषले काठमाण्डौ गएको बेला नियोजित तरिकाले घर भत्काईएको आरोप लगाए। भत्काईएको घरमा आफ्नो सामाग्री रहेको तर भत्काउने बेला परिवारका सदस्यलाई जानकारी नै नदिई भत्काईएको हुँदा आफ्नो ठूलो क्षति भएको समेत श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
उनले भने –“मापदण्ड सबैलाई लाग्ने हो की हामिलाई मात्र लाग्ने हो । पहुँच वालाको सार्बजनिक जग्गामा परको घर जग्गा केहि नगर्ने हामी पहुँच नभएकाको मात्र जबरजस्ती भत्काइदिने यो कहासम्मको न्यायोचित हो र ?”
सार्वजनिक जग्गामा घर भएको वा कुनै पनि नियम विपरित घर बनाइएको भए पनि ३५ दिने सूचना निकालेर मात्रै घर भत्काइनु पर्नेमा सूचना नै ननिकाली वडा कार्यालयलाई समेत जानकारी नगराई गुपचुपमा रुपमा नगर प्रमुखले घरमा डोजर चलाएर आफूलाई अन्याय गरेको श्रेष्ठको आरोप रहेको छ ।
घर भत्काउने विषयमा जानकारी नै छैन स् वडा अध्यक्ष श्रेष्ठ
सडक विस्तारको क्रममा खाँदबारीमा घर भत्काउने विषयमा वडा कार्यालयलाई जानकारी नभएको वडा नम्बर १ का वडा अध्यक्ष नारायाणदाश श्रेष्ठले बताए । वडा भित्र हुने हरेक गतिबिधि वडा कार्यालयलाई थाहा हुनु पर्ने हो तर त्यो भएको छैन । नगर प्रमुखले यस अघि देखि नै वडा कार्यालयलाई जानकारी नदिई वडाभित्रका केहि कामहरु एकलौटि ढंगबाट गर्दै आएको वडा अध्यक्ष श्रेष्ठले बताएका छन्। विकासमा आफू बाधक नभएको तर, आफ्नै वडामा हुने कामको बारेमा आफूलाई थाहा नहुनु यो सरासर गलत भएको पनि उनले बताए ।
नियम अनुसार बाटो विस्तार भएको छ स् नगर प्रमुख बस्नेत
यस विषयमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले सडक विस्तारको काम नियम बमोजिम नै भएको जिकिर गरेका छन् । उहाले १५ दिने सूचना जारी गरी सूचनाको म्याद सकिएको केहि दिन सम्म पनि आफै भत्काउछन् कि भनेर छाडिदिदा पनि नभत्काएपछि सडकको मापदण्ड अनुसार सार्बजनिक जग्गा मिचेर बनाइएका घरहरु डोजर लगाए भत्काउनु परेको उनको भनाइछ ।
रामेछापबाट संचालनमा रहेको अनलाइन नेपाल अभियान डटकमले समाचार लेखेको छ । हामीले सोही अनलाइनबाट सामग्री साभार गरेका छौं । सं.