बंगलादेशले जित्यो त्रिकोणात्मक सिरिज
आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि बंगलादेशले जितेको छ । सुक्रबार राति भएको फाइनल खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । बर्षाले प्रभावित खेलमा बंगलादेश डकवर्थ लुईस नियमको आधारमा विजयी भएको हो । खेल २४ ओभरमा झारिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २०।१ ओभरमा विना विकेटको क्षति एक सय ३१ रन बनाउँदा बर्षा सुरु भएको थियो । त्यसपछि खेल २४ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजले निर्धारित २४ ओभरमा एक विकेटको क्षतिमा एक सय ५२ रन बनायो । वेस्ट इन्डिजका लागि ओपनर शाई होपले ७४ रन बबनाए । सुनिल एम्ब्रिस ६९ रनमा अविजित रहे । बंगलादेशका मेहदी हसन मिराजले एक विकेट लिएका थिए ।
डक वर्थ लेविसका आधारमा दुई सय १० रनको विजयी लक्ष्य पाएको बंगलादेशले २२।५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । बंगलादेकका लागि सौम्य सरकारले सर्वाधिक ६६ रन बनाए । मोसद्धेक हसनले अविजित ५२ रन बनाएका थिए । मुश्फिकुर रहीम ३६, मोसादेकले २५ महमुदुल्लाहले १९, तामिम इकवाल १८ र मोहम्मद मिथुन १७ रन बनाए । वेस्ट इन्डिजका शैनन गेब्रियल र रेमोन रिफरले समान दुई दुई विकेट लिए ।
रातोपाटीबाट
