भारतमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
नयाँदिल्ली २९ वैशाख । भारतको आन्ध्र प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
प्रहरीका अनुसार शनिबार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना भएको थियो ।
मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् । उनीहरु बैबाहिक कार्यक्रमपछि घर फर्कदै थिए ।
