फानी चक्रवात पीडितका लागि अक्षय कुमारको सहयोग

तु खबर संवाददाता
२०७६ बैशाख २४, मंगलवार १२:०९

भारतीय फिल्म अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु दान दिएका छन् । अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका छन् ।

रिपोर्टका अनुसार फानी आँधीमा परी ३४ जनाको मृत्यु भएको छ । यो आँधीका कारण सयौं मानिसहरु खानेपानी र बिजुलीको अभाव झेलिरहेको छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*