प्रदेश ३ को नीति तथा कार्यक्रम जेठमा
मकवानपुर २३ वैशाख । प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम जेठमा प्रस्तुत हुनेछ ।
केन्द्रिय राजधानी समेत समावेश भएको प्रदेश ३ सरकारले जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी थालेको छ ।
प्रदेश सरकार गठनपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो ।
पहिलो बर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले यसबर्ष भने सबै क्षेत्र समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
प्रदेश सरकारले गत बर्ष १ सय १५ बुँदे नीति तथा कार्यक्रम ल्याएको थियो ।
कृषि उद्योग र पर्यटन नीति तथा कार्यक्रमको प्राथमिकतामा रहेको हेटौंडा सन्देशले समाचार लेखेखेका छ ।
