सामाजिक सुरक्षा भत्ता बढाउने सरकारको घोषणा
काठमाडौँ, २० वैशाख । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ ।
आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको हो । बजेट वक्तब्य मार्फत् घोषणा गरिनु पर्ने भएपनि सरकारले नीति तथा कार्यक्रममै वृद्धभत्ता बढाउने घोषणा गरेको हो ।
जेठ १५ मा आउने बजेट वक्तब्यमा वृद्धभत्तामा कति रकम बढाउने हो घोषणा हुनेछ । प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरेललगाायतले कम्तीमा ५ हजार रुपैयाँ बढाउने बताउँदै आएका छन् ।
