कर नतिर्ने सूचीमा काँग्रेस नेता लामिछाने पनि
मकवानपुर १८ वैशाख । सरकारबाट मोबिलाइजेसन शुल्क लिएर काम नगर्नू धेरै ठेकदार कम्पनीको आदत नै बनिसक्यो । तर पछिल्लो समय धेरै निर्माण कम्पनीहरुले कानून बमोजिम तिनुपर्ने कर समेत बुझाउन छोडेका छन् यो विषयमा अनलाईन खबर ले समाचार लेखेको छ । मकवानपुरकै काँग्रेसका नेता समेत रहेका ठेकेदारको नाम पनि कर नबुझाउनेको सुचिमा छ ।
सूचीमा काँग्रेस नेता तथा ठेकेदार जयराम लामिछानेको नाम समावेश छ । उनले ठूलो रकमको कर नतिरहेको खुलेको छ । उनले स्वच्छन्द निर्माण सेवाले बुझाउनुपर्ने ठूलो रकमको करत नतिरेको खुलेको हो । उनले शंखरमाली र खानी जेभीको समेत कर तिरेका छैनन् ।
यसअघिको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी समेत दिएका लामिछानेले कर नतिरेको सार्वजनिक भएको हो ।
कर नतिर्ने ठेकेदारमा पुच नरसिंह अमात्य, सुनिल कार्की, सुवित श्रेष्ठ, केशरबहादुर खड्का, टंकप्रसाद चौलागाई, निमा लामा शेर्पा, तेण्डी शेर्पा, इन्द्रबहादुर लामा र शुम्भुप्रसाद घिमिरे छन् ।
साना ठेकेदार मात्रै हैन, पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनी पनि कर नतिर्नेहरुको सूचीमा छन् । कर तिर्न आन्तरिक राजश्व विभागले पटक–पटक आह्वान गरे पनि सुनुवाई भएको छैन । राजनीतिक संरक्षण पाएका ठेकेदारले त अटेर नै गर्ने भए ।
