दुई हप्तामा १९ विद्यार्थीद्वारा आत्महत्या

तु खबर संवाददाता
२०७६ बैशाख १८, बुधबार १४:५२

परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीले आत्महत्या गरेका छन् । तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन् । सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु आत्महत्यामा सामेल छन् ।

विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल भएको आरोपहरु लागेका छन् ।

परीक्षामा फेल भएसँगै विश्वविद्यालयमा भर्ना हुन नपाउने भएपछि उनीहरुले आत्महत्या गरेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*