श्रीलंका बम आक्रमणका मुख्य योजनाकार मारिए

तु खबर संवाददाता
२०७६ बैशाख १३, शुक्रबार २०:०२

एजेन्सी– गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सो कुराको जानकारी दिएका हुन् ।

राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका हुन् । हाशिम एक कट्टरपन्थी उपदेशक रहेको बताइन्छ । राष्ट्रपति सिरिसेनाले भनेका छन्, ‘ हाशिम दोश्रो आत्मघाती हमलामा सो होटलमा मारिए  ।’

श्रीलंकाली खुफिया एजेन्सीको पछिल्लो रिपोर्टलाई उदृत गर्दै राष्ट्रपति सिरिसेनाले भने, ‘ श्रीलंकामा पछिल्लो समयमा इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने १३० भन्दा बढी संदिग्ध व्यक्तहरु सक्रिय रहेका थिए ।’

तीमध्ये केहीलाई हिरासतमा लिइसकिएको र केहीले देश छाडिसकेको समेत उनले दाबी गरेका छन्  । अहिले प्रहरीले ७० जनाको खोजी गरिरहेको समेत राष्ट्रपति सिरिसेनाले जानकारी दिए ।

श्रीलंकामा आइतबार भएको श्रृंखलाबद्ध ८ वटा बम आक्रमणमा परी सयौं मानिस मारिएका थिए । सो घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।

  • फोटो र समाचार रातोपाटी डटकमबाट साभार गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*