मकवानपुरका तत्कालिन एलडीओ थापामाथि अख्तियारको विस्तृत अनुसन्धान

तु खबर संवाददाता
२०७६ बैशाख १३, शुक्रबार १७:०४

मकवानपुर, १३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले मकवानपुरका तत्कालिन एलडीओ लक्ष्मण विक्रम थापा समेतका विरुद्ध ढुंगा, गिटी वालुवा लगायतका नदिजन्य पदार्थ उत्खनन्मा भ्रष्टाचार गरेको अभियोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ ।

त्यतिबेला ढुंगा, गिटी वालुवा लगायतका नदिजन्य पदार्थको उत्खनन्मा व्यापक हिनामिना गरेको उजुरी अख्यिारमा परेको रहेछ, सोही बुताबिक अनुसन्धानको कार्य भइरहेको छ ।

तत्कालिन समयमा विवादस्पद छवी बनाएका एलडीओ थापा, राजस्व शाखाका कर्मचारीहरु, लेखाका कर्मचारीलगायतमाथि छानविन भइरहेको
छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका सूचना अधिकारी देवकुमार राईले सो सम्बन्धमा विस्तृत अध्ययन भइरहेको पुष्टि गरे । यो त निकै समय भइसक्यो, यसको बारेमा विस्तृत अध्ययन भइरहेको छ, उनले भने ।

त्यतिबेला ढुंगा, गिटी, वालुवाको उत्खनन्मा व्यापक हिनामिना र भ्रष्टचार भएको आवाज उठेको थियो । महालेखा परिक्षकले पनि तत्कालिन एलडीओबाट ८० लाख रुपैयाँ भन्दाबढी बेरुजु असुल उपर गर्नुपर्ने निक्र्यौल गरेको थियो ।

यहि सन्दर्भमा सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गरी ढुंगा, गिटी, वालुवाको उत्खनन्, तत्कालिन जिल्ला विकास समितिले प्राप्त गर्ने राजस्व लगायतका सम्बन्धमा विवरण मागिएको थियो । राष्ट्रिय सूचना आयोगले सूचना दिनू भनी फैसला समेत गरेको थियो ।

तर, सूचना आयोगले दिनै नमिल्ने सूचना दिनु भनी दिएको आदेश विरुद्ध तत्कालिन एलडीओ थापा सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतबाट सो सूचनाको हक सम्बन्धी मुद्धाको अन्तिम छिनोफानो हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*