सशस्त्र प्रहरीको टोलीद्वारा चोरीपैठारीको सामान बरामद
रौतहट / रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मोडलवा भन्ने स्थानबाट बैशाख १२ गते सशस्त्र प्रहरीको टोलीले करीब ४ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्बर १२ गणबाट खटिएको टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।
ना. २ स ८०६७ नम्बरको सिटी रिक्सामा राखेर ल्याउँदै गरेका व्यक्ति सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै उक्त रिक्सा र लत्ताकपडा सोही ठाउँमा छाडी फारर भएपछि लत्ताकपडा तथा रिक्सा बरामद गरिएको हो ।
बरामद लत्ताकपडा तथा सिटी रिक्सा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । उक्त लत्ताकपडा तथा रिक्साको भन्सार दाखिला मूल्य ४ लाख ६९ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।
