प्रदेशका २ मन्त्रालयमा छैनन् सचिव
मकवानपुर, १२ वैशाख । प्रदेश नम्बर ३ का दुई महत्वपूर्ण मन्त्रालयमा सचिव छैनन् । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मान्त्रालयमा सचिव छैनन् । निमित्तले काम चलाइरहेका छन् ।
समाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पोड्यालले काम नगरेको भन्दै मन्त्री युवराज दुलालले उनको कार्यकक्षमा ताला लगाइदिएपछि त्यहाँ सचिव छैनन् । उनी फर्किएर आएका छैनन् । अर्को नयाँ आएको छैन । जसका कारण सामाजिक विकास मन्त्रालय निमित्तको भरमा चलिरहेको छ ।

यसैगरी, प्रदेशको महत्वपूर्ण मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि सचिव छैनन् । सो मन्त्रालय पनि निमित्त घनश्याम पन्थीले चलाइरहेका छन् । सामान्य प्रशासन मन्त्रालयले बालकृष्ण घिमिरेलाई यहाँ पठाएको भएपनि अहिलेसम्म हाजिर भएका छैनन् । जसले गर्दा कामकाजमा निकै समस्या आइरहेको छ ।
