भारतमा लोकसभाका उम्मेदवार प्रदीप पक्राउ
काठमाडौं १० वैशाख । भारतमा जारी लोकसभा निर्वाचनमा उडिसा राज्यका एक उम्मेदवारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
बिजु जनता दल (बिजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचनमा पैसा र बल प्रयोग गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएको छ ।
