श्रीलंकामा बम विस्फोट : मृत्यु हुनेको संख्या २९० पुग्यो, शंकास्पद २४ जना पक्राउ

तु खबर संवाददाता
२०७६ बैशाख ९, सोमबार ११:५९
समाचार तथा फोटो साभार : रातोपाटी डटकम

काठमाडौं ९ वैशाख । श्रीलंकामा आईतबार भएका श्रृंखलावद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । विष्फोटबाट करिब ५ सय जना घाइते भएका छन् ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएका थिए । राजधानी कोलम्बोका चर्च र होटल गरी कम्तीमा ६ स्थानमा बम विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीले शंकास्पद २४ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । उनीहरुको सम्पर्क अन्तर्राष्ट्रिय संगठनसँग छ कि छैन भनेर अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*