श्रीलंकामा बम विष्फोट हुँदा मृत्यु हुनेको संख्या ५० पुग्यो
काठमाडौं ८ वैशाख । श्रीलंकामा आईतबार भएका श्रृंखलावद्ध बम विष्फोट हुँदा मृत्यु हुनेको संख्या ५० पुगेको छ । विष्फोटबाट २ सय बढी घाइते भएका छन् ।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएका थिए । राजधानी कोलम्बोका चर्च र होटल गरी कम्तीमा ६ स्थानमा बम विष्फोट भएको अधिकारीहरुले जनाएका छन् ।
