श्रीलंकामा बम विष्फोट : कम्तीमा २० को मृत्यु
काठमाडौं ८ वैशाख । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । विष्फोटबाट २ सय जनाभन्दा बढी घाइते भएका छन् ।
इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।
कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
