पेरुका पूर्वराष्ट्रपति एलेनले गरे आत्महत्या
काठमाडौं ५ वैशाख । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । भ्रष्टाचार आरोपमा पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ ।
प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे । उनी रहेको कोठाभित्र गोली चलेको आवाज सुनियोपछि प्रहरीले ढोका खोलेर हेर्दा उनी कुर्सीमा बसिरहेका थिए र टाउकोमा गोली लागेको घाउ थियो ।
त्यसलगत्तै प्रहरीहरुले राजधानी लिमास्थित अस्पतालमा उपचार गर्न लगेका थिए । उनको शल्यक्रिया पनि गरियो तर चिकित्सकहरुले बचाउन सकेनन् ।
