टिकटक एप स्टोरबाट हटाउन भारत सरकारको आग्रह

तु खबर संवाददाता
२०७६ बैशाख ३, मंगलवार १६:३४
file-photo

भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।

भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ । पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।

टिकटक गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रै ८ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ । भारतले गरेको आग्रहमा गुगल र एप्पले प्रतिक्रिया दिएका छैनन् ।