आँधीबाट मृत्यु हुने प्रत्येक परिवारका सदस्यलाई ५ लाख दिने प्रचण्डको घोषणा

तु खबर संवाददाता
२०७५ चैत्र १९, मंगलवार १७:४४

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वारा जिल्लामा हावाहुरी र आँधीमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

मंगलबार बाराको बेलहियामा आँधी प्रभावित परिवारलाई भेटेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मृतकका प्रतिपरिवारलाई ५ लाखका दरले राहत सहयोग गर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डसँगै खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रिका यादव तथा नेकपाका प्रदश नम्बर २ का इन्चार्ज प्रभु साह बारा पुगेका थिए ।

प्रचण्डसहितको टोली बीरगञ्जस्थित नारायणी अस्पता, नेश्नल मेडिकल कलेज लगायतमा अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

  • रातोपाटीमा समाचार छ