इन्डोनेसियामा बाढीमा परी ज्यान गुमाउनेकोे संख्या ७७ पुग्यो
जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।
घटनामा परी घाइते हुनेको संख्या १ सय १६ जना रहेका छन् भने उद्धारको प्रयास जारी रहेको स्थानीय अधिकारीहरुले जनाएको छ ।
बाढीमा परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ ।
घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।
