अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

तु खबर संवाददाता
२०७५ माघ २९, मंगलवार १६:०२

काबुल, २९ माघ । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार
राती निधन भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको स्थानिय सञ्चार माध्यमले जनाएको छ ।

सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा रहेका थिए ।

त्यसैगरी, उनी सन् २००३ मा ‘लोया जिर्गा’ को अध्यक्ष पनि भएका थिए । सन् २००१ को अन्त्यमा तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उनले अनुमोदन गरेका थिए ।

उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।