फिलिपिन्समा आएको आँधी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो
काठमाडौं २२ पौष । फिलिपिन्समा क्रिसमसपछि आएको आँधी र पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।
फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरुको खोजी कार्य अझै पनि जारी रहेको छ । उद्धार तथा खोजीकालागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रुपमा रहेको छ ।
घटनामा परी अहिले सम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन सम्वन्धी निकायले जनाएको छ ।
प्रभावितहरुलाई विभिन्न विद्यालयहरुमा अस्थायी शिविर बनाएर राखिएको छ । आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक, पुललगायतका भौतिक संरचनाहरु पनि भत्किएका छन् ।
