राष्ट्रिय बक्सिङ प्रतियोगीताको फाइनलमा मकवानपुरका पाख्रिन

तु खबर संवाददाता
२०७५ मंसिर ९,आईतवार १५:५२

हेटौंडा ९ मंसिर । काठमाडौंमा जारी प्रथम नेबिस राष्ट्रिय बक्सिङ प्रतियोगीतामा मकवानपुरका जीवन पाख्रिन फाइनलमा प्रवेश गरेका छन् ।

पाख्रिन शनिबार भएको सेमिफाइनल खेलमा दाङका सुरज ओलीलाई ४–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

पाख्रिनले आज आइतबार हुने फाइनल खेलमा नक्साल काठमाडौंका रबिन थापासँग प्रतिस्प्रर्धा गर्ने मकवानपुरका प्रशिक्षक लालबहादुर पौडेलले बताए ।