चङ्गा चेट प्रतियोगितामा लामा प्रथम

तु खबर संवाददाता
२०७५ आश्विन २८,आईतवार १०:५२

हेटौडा २८ असोज । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए ।

प्रतियोगितामा प्रथम सुनिलकुमार लामा, दोस्रो सुनिल खड्गीे र तेस्रो विनोद खड्गी भएका थिए । प्रतियोगितामा प्रथमले नगद दश हजार रुपैंया, ट्रफी र प्रमाणपत्र पाउन सफल भए । त्यस्तै, दोस्रो र तेस्रोले नगद पाँच हजार र दुई हजार पाँच सय रुपैंया पाए । प्रतियोगितामा उत्कृष्ट चङ्गा ट्रफी कृष्णबहादुर लामाले र उत्कृष्ट उडान ट्रफी महासत्व बज्राचार्यले पाउन सफल भए ।

हेटौंडा १, जरुवाटोलको खुला मैदानमा भएको प्रतियोगिता जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडाले आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष रविन्द्र शाहीको अध्यक्षतामा भएको थियो ।