भीमफेदी कारागारका कैदीबन्दीलाई तरुण दलको खसी उपहार
मकवानपुर । नेपाल तरुण दल जिल्ला समिति र नगर समितिले भीमफेदी कारागारका कैदी बन्दीलाई दशैको शुभकामना सहित खसी हस्तारण गरेको छ ।
आज भएको एक कार्यक्रममा जिल्ला सभापति इश्वर पाठक र नगर सभापति सुनिल गिरीले खुसीका साथ दशैं मनाउन खसी प्रदान गरेका हुन् ।
खुसीका साथ दशैँ मनाउन शुभकामना दिँदै कारागारका मुख्य चौकीदार दिपेन्द्र राईलाई खसी हस्तान्तरण गरिएको नगर सभापति सुनिल गिरीले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य राजन खरेल र तरुण दलका जिल्ला तथा नगर समितिका पदाधिकारी तथा सदस्यहरु उपस्थित थिए ।
