सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा कुटिए स्वकीय सचिव

तु खबर संवाददाता
२०७५ भाद्र २७, बुधबार ०७:२५

काठमाडौँ ।  मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन ।

लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए ।

गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित  कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिएका थिए ।

स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेका थिए । लामो समय कुर्दा पनि समय नपाएपछि भेट्ने पालो कुरेर बसेका कार्यकर्ताहरुले आफ्नै पार्टीको मन्त्रीलाई पनि भेट्न नपाउने भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको एक प्रत्यक्षदर्शीले  बताएको नेपाल समाचारपत्र ले यो समाचार लेखेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*