प्रचण्ड भोलि मकवानपुर आउने

तु खबर संवाददाता
२०७५ भाद्र १९, मंगलवार १४:३३
file-photo

मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भोलि मकवानपुरको रजैयामा आउने भएका छन् ।

मनहरी गाउँपालिका वडा नं. ९ रजैयामा रहेको ओम् श्री वातावरण सुद्धिकरण अभियान अग्निहोत्री आश्रमको सातौँ वार्षिक उत्सव कार्यक्रमको औपचारिक उद्घाटनका लागि प्रचण्ड हेटौंडा आउन लागेका हुन् । भोलि करिव १ बजे प्रचण्ड हेटौंडा आउन लागेको आयोजकहरुले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

वातावरणमा सुद्धता कायम राख्दै मानव जीवनलाई सुन्दर बनाउने अभियानमा आश्रमले बनस्पतिहरुको होमआदि कर्म गर्दै आइरहेको आश्रमका संरक्षक डा. सिताराम खनालले जानकारी दिए । वार्षिक उत्सव सम्बन्धी सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा व्यवसायी अरुण राज सुमार्गी, नेपाली काँग्रेसका नेता माइकल रामचन्द्र अर्याल, भीमसेन महत, एमाले नेता तथा पूर्व माननीय राजाराम स्याङतान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*