१८ बुँदे घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन
काठमाडौँ । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ । बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । अब यसको अध्यक्षता श्रीलङ्काले गर्नेछ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको समापन गरेका हुन् । उनले सम्मेलनको घोषणापत्रको प्रभावकारी कार्यान्वयन हुने विश्वास पनि व्यक्त गरेका छन् ।
