अत्यावश्यक कानून निर्माण भइसक्यो : भीमफेदी गाउँपालिका

तु खबर संवाददाता
२०७५ भाद्र १५, शुक्रबार ०८:२२

मकवानपुर । भीमफेदी गाउँपालिकाले अत्यावश्यक कानून निर्माणको काम सकिएको जनाएको छ । गाउँपालिकालाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नका लागि शिक्षा, स्वास्थ्य, सरसफाई, सहकारी, विपद् व्यवस्थापनजस्ता अत्यावश्यक ऐन, कानून निर्माण भइसकेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् ।

लामाका अनुसार, अब ती कानुनको आधारमा कार्यबिधि निर्माणको काम भइरहेको छ । केहीको सकिएको छ भने केही कानूनको आधारमा बनाउनु पर्ने कार्यबिधि बन्दैछ ।

गाउँपालिकाले सबैभन्दा पहिले ऐन कानूनको ड्राफ आफैले गर्ने र त्यसमा कानून व्यवसायी तथा विज्ञहरुसँग परामर्श लिएर पूर्णता दिने काम भइरहेको अध्यक्ष लामाले बताएका छन् ।

संघ र प्रदेशले अन्य थुप्रै कानूनहरु बनाउन बाँकी रहेका कारण केही कानून निर्माणको लागि पर्खिनु परेको पनि लामाले बताए । लामाका अनुसार, भीमफेदीलाई सबै हिसाबले समृद्ध गाउँपालिका बनाउन तीब्र गतिमा कानून निर्माणको काममा ध्यान दिइएको छ । क्रमशः आवश्यक देखिएको कानूनहरु निर्माण गर्दै जाने सोच गाउँपालिकाको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*