ओलीको जवाफ : पप्पु कन्ट्रक्सनमाथि छानबिन भइरहेको छ
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पप्पु कन्ट्रक्सनमाथि छानबिन भइरहेको बताएका छन् । आज सँसदमा साँसदले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले पप्पु कन्ट्रक्सनमाथि आवश्यक छानबिन भइरहेको बताएका हुन् ।
त्यस्तै उनले आवश्यक कर लिने कुरामा कसैले बिमत्ति राख्न नहुने समेत बताए । स्थानीय कर स्थानीय सरकारको अधिकारको कुरा भएको बताउँदै उनले आवश्यक करमात्र लिइनु पर्ने स्वीकारे ।
