तरकारी व्यवसायीको हडताल स्थगित
काठमाडौँ । सरकारले तरकारीमा गरेको अनुगमनका विरुद्ध हडतालको निर्णय गरी संघर्षका कार्यक्रम थालेका कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका थोक व्यापारीले आन्दोलन स्थगित गरेका छन् । व्यवसायीहरूको शनिबार बसेको बैठकले अबका दिनमा हुने अनुगमनलाई सघाउने निर्णय गर्दै आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४ भदौमा तरकारीको मूल्यबारे अनुगमन गरेको थियो । लगत्तै थोक व्यापारीले विरोध गर्दै अनुगमन टोली टोलीविरुद्ध नाराबाजी गरेका थिए ।
शनिबार कालिमाटीका थोक व्यापारीले जेल चलान गरिएका खतिवडाको रिहाइ माग गर्दै सबै संघर्षका कार्यक्रम स्थगित गरिएको बताएका छन् । सस्थाले जारी गरेको विज्ञप्तीमा आफूहरुको तर्फबाट आन्दोलन र हड्तालको कार्यक्रम नगर्ने भन्दै पक्राउ गरिएका आफ्ना अध्यक्षलाई रिहाई गरिदिन अपिल समेत गरिएको छ ।
