मकवानपुरका रुग्ण उद्योगहरुको सूचि माग
हेटौँडा, ५ भदौ । विगतमा भएका विभिन्न समस्याहरुका कारण रुग्ण अवस्थामा पुगी बन्द हुने अवस्थामा पुगेका मकवानपुरका उद्योगहरुको विवरण माग गरिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार सूचना प्रकाशित गर्दै बुधबार नै अर्थात भदौ ६ गतेभित्र संघमा फारम भरी विवरण पेश गर्न अनुरोध गरेको छ ।
विगतमा उर्जा संकट, बजारको अवस्था, बन्द हडताल, कच्चा पदार्थको आपूर्ति, श्रम सम्बन्ध लगायत विभिन्न कारणले रुग्ण अवस्थामा पुगेका उद्योगहरुको पुनःस्थापनाको लागि नेपाल सरकारसँग विशेष प्याकेज प्रस्ताव गर्ने उद्योगले नेपाल उद्योग वाणिज्य महासंघबाट त्यस्ता उद्योगहरुको सूचि माग भइ आएकोले विवरण मागिएको हो ।
