इन्द्रसरोवरमा सक्रिय महिला बचतको वार्षिक साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७५ श्रावण ३१, बिहीबार १७:३७

मकवानपुर, ३१ साउन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको१८ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

प्रदेश नम्बर ३ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

९७ लाख ७६ हजार तिन सय शेयर पुजीँ रहेको सहकारीले असार मसान्त सम्म ४ करोड ८९ लाख ७५ हजार ३२६ बचत गरेको छ । १४२७ शेयर सदस्य रहेको यस सहकारीले ७ करोड ४५ लाख ४३ हजार ३७ बराबरको कारोबार गरिएको संस्थाका अध्यक्ष श्रमिक लामाले बताए ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा र उपाध्यक्ष उमा कुमारी लामा लगायतका जनप्रतिनिधि, सहकारी संस्थाका सम्पुर्ण सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*