विद्यार्थीलाई फोहोर कर, हजामदेखि चना चटपटे बेच्नेलाई पनि कर

तु खबर संवाददाता
२०७५ श्रावण ३१, बिहीबार १२:०६
File Photo

मोरङ, ३१ साउन । मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहन्दी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ । साथै बुटवल उपमहानगरपालिकाले घरबेटीसँग मात्रै होइन, भाडामा बस्ने विद्यार्थीसँग पनि फोहोर कर असुल्न थालेको छ । विगतमा एक घरबाट मासिक सय रुपैयाँ उठाउँदै आएकोमा यसपटकदेखि प्रतिभान्सा पचास रुपैयाँ लिन थालेको छ । विद्यार्थीका लागि भने २५ रुपैयाँ कर तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*