अचम्म ! बेपत्ता भएको मानिस जिउँदै फर्किएमा पनि कर तिर्नुपर्ने

तु खबर संवाददाता
२०७५ श्रावण ३१, बिहीबार ११:३५
File Photo

रुकुम, ३१ साउन । रुकुममा बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम पूर्व को सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई सय रुपैयाँ कर तोकेको छ । दुवै जिल्लाका सबै स्थानीय तहले यो शीर्षकमा धेरथोर कर तोकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*