आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा
सप्तरी । नेपाल भारतबीच कोसी सम्झौता अनुरुप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो । ब्यारेजको डट एस्पाएर भयो भन्दै नेपाल भारत दुबै तर्फका विज्ञले आवाज उठाउन थालेका छन् ।
तर, ब्यारेज निर्माण अघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपाल तर्फको हजारौँ बिघा खेतीयोग्य जग्गाको मुआब्जा अझै नेपाली किसानले पाउन नसकेको आजको नागरिक दैनिक मा खबर छ ।
सप्तरी, सुनसरी र उदयपुरका हजारौँ किसान अधिग्रहण गरिएको र कटानमा परेको जग्गाको मुआब्जाको लागि तीन पुस्तादेखि पर्खाइमा छन् । तर, दुबै देशको सरकार यस बिषयमा उदासिन बनेको पीडितले गुनासो गरेका छन् ।
