गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

तु खबर संवाददाता
२०७५ श्रावण १९, शनिबार ०९:०७
फाइल फोटो

महोत्तरी । प्रहरी र गाँजा तस्करी बीच साउन १ को मध्य राति भिडन्त भयो । एकडारा गाउँपालिका ३ अजम्मरपट्टी पर्सा हुँदै भारत तर्फ गाँजा निकासी गर्न थालिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोली र तस्करबीच गोली हानाहान भयो ।

त्यस क्रममा तस्करहरु ५ पोका गाँजा छाडी फरार भएको समाचार आजको नागरिक दैनिक मा छ । रातिको समय भएकाले तस्करले केही परिणाममा गाँजा घटना स्थलमै छाडे । तर, उनीहरु भारी मात्रामा गाँजा लिएर भाग्न सफल भएको प्रहरीको अनुमान छ ।

महोत्तरी गाँजा तस्करीको ट्रान्जिट बन्दै गएको विश्लेषण सहितको समाचार नागरिक दैनिकले लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*