भत्केको नहर ठेकेदारले नै बनाउने हो : सरकार
काठमाडौँ । परिक्षणका क्रममा भत्किएको सिक्टा सिँचाई आयोजना ठेकेदार कम्पनीले नै बनाउने सरकारले स्पष्ट पारेको छ ।
ठेकेदार कम्पनी सिटिसिई कालिका कन्ट्रक्सनले भत्केको नहर बनाउने काम आफ्नो नभएको भनी दावी गरिरहेका बेला उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले औपचारिक रुपमा विज्ञप्ती जारी गरी बिग्र भत्केको नहर निर्माण गर्ने काम ठेकेदार कम्पनीकै भएको स्पष्ट पारेको हो ।
नागरिक दैनिक ले लेखेको समाचार अनुसार, मूल नहर निर्माण गरेको कालिकाको मर्मत र सुधार गर्ने अवधि आयोजना प्रमुख रमेश बस्नेतले थप नगरेको कारण ठेकेदार कम्पनीले आफ्नो जिम्मेवारी सकिएको तर्क गरिरहेको छ ।
