६० बर्ष देखि म्याद थपेको थप्यै, अझै बनेन कान्ति लोकपथ
काठमाडौं : तोकिएको समयमा काम नसकिए पछी कान्ति लोक पथको निर्माण कार्यको लागि फेरी म्याद थप्न माग भएको छ ।
१ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए । ‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पुर्याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको हो,’ इन्जिनियर भट्टको दावी रहेको भन्दै आजको नेपाल समाचार पत्र ले प्राथमिकताका साथ समाचार प्रकाशन गरेको छ ।
आगामी दुई हप्ताभित्र १ वर्षकै म्याद थपिने बताउँदै उनले अघिल्लो आर्थिक वर्षभित्र नै काम सकी काठमाडौं–मकवानपुर ९हेटौडा०मा सवारी गुडाउने लक्ष्य भए भए पनि पूरा नभएको स्वीकार गरे ।
विस २०१३ सालमा ट्रयाक खोलिएको यस मार्गमा २०७१ र ७२ देखि बहुबर्षिय ठेक्का लगाइएको थियो ।
