बिहीबार पनि विदेशी मुद्राको मूल्य सस्तो, यस्तो छ विनिमय दर
काठमाडौं, १७ साउन । बुधबार ओरालो लागेको विदेशी मुद्राको विनिमयदर आज झनै ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३० रुपैयाँ १६ पैसा छ ।
त्यस्तै एक साउदी रियालको खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रिदर २९ रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रिदर २९ रुपैयाँ ८९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र बिक्रिदर २७ रुपैयाँ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३ सय ६२ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ९५ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ५४ पैसा रहेको छ ।
